Advertisement

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

0 150

Advertisement

०७ असाेज, काठमाडौं । एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ।

यी प्याकहरु आज शुक्रबारदेखि लागू हुनेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले यी भ्वाइस प्याकहरुको प्रयोगबाट फाइदा लिन सक्नेछन्।

भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सक्रिय गर्न सक्नेछन्।

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले करसहित मात्र ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन्। त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रूपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम पाउनेछन्।

आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरुले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा प्राप्त गर्नेछन्।

ग्राहकले १७११८७# डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक एक्टिम गर्न सक्नेछन्। त्यस्तै, एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरुमार्फत् यी भ्वाइस प्याकहरु प्राप्त गर्न सक्नेछन्।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरु सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरि ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरु ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.