Advertisement

आजदेखि पहिलो नाडा ईभी एक्स्पो २०२२ शुरु हुँदै

0 71

Advertisement

०६ असाेज, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘नाडा ईभी एक्स्पो २०२२’ आजदेखि शुरु हुँदैछ। नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालको आयोजनामा ईभी एक्स्पो असोज ६ गतदेखि ९ गतेसम्म काठमाडौंको भृकृटी मण्डपको प्रदर्शनी स्थलमा आयोजना हुनेछ।

एक्स्पोमा विद्युतीय सवारी साधन, पार्टपुर्जा, विद्युतीय सेवा, बैंक तथा वित्तीय संस्था एवं अन्य सम्बन्धित सरोकारवालाहरुको उपस्थिति हुनेछ।
वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गर्न लागिएको उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ ओटा स्टल र ब्लकहरु रहने आयोजकले जानकारी दिएको छ।

एक्स्पोमा ७ ओटा ब्राण्डका चार पांग्रे , एउटा तीन पांग्रे , १६ वटा ब्राण्डका दुई पांग्रे , ३ वटा बाण्डका टायर , २ ओटा बाण्डका ब्याट्री , ९ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ ओटा वित्तिय संस्थाहरुको सहभागिता रहनेछन्।

भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने युसेड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको संचालन गर्ने भएको छ।

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने , सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ।

४ दिन सम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने बिश्वास आयोजकको रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.