Advertisement

बाढीले स्वास्थ्य सामग्रीमा क्षति

0 82

Advertisement

०३ असाेज, दोधारा चाँदनी । कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।

शुक्रबारदेखि वर्षाले लालझाँडी गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा स्वास्थ्य सामग्रीमा क्षति भएको गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दशरथ रानाले बताए । उनका अनुसार स्टोरमा रहेका सिटामोल, जीवनजल, आरयुटियस (बच्चालाई खुवाउने औषधि), स्लाइन पानी र इन्जेक्सनलगायत अति आवश्यक औषधि डुबानमा परेर क्षति भएको छ ।

“स्वास्थ्य शाखाको स्टोरमा बाढी पस्दा आठ लाख बराबरको औषधिमा क्षति पुग्यो”, उनले भने । उनले सबैभन्दा बढी प्रयोगमा आउने सिटामोलको ८० हजार ट्यावलेट पूर्ण रुपमा नोक्सान भएको बताए । तीन सय प्याकेट आरयुटियस, दुई सय बोतल भाइरेक्स र १० हजार प्याकेट जीवनजलमा नोक्सानी पुगेको छ ।

“धेरै औषधिमा नोक्सानी पुगेको छ स्टोरमा जान सम्भव छैन”, उनले भने, “बाढीको बेला चाहिने अत्यावश्यक औषधिमा नोक्सानी पुगेपछि समस्या भएको छ ।”

उनका अनुसार ८० हजार रुपैयाँको सिटामोलमा नोक्सानी भएको छ भने एक लाख बराबरको जीवनजलमा नोक्सानी पुगेको छ । त्यसैगरी रु एक लाख बराबरको प्यारासिटामोलमा नोक्सानी पुगेको छ ।

१० हजारको भाइरेक्स र २० हजार बराबरको आरयुटियस, रु ४० हजार बराबरको कोभिड–१९ किट,४५ हजारको स्नानिटाइजर, एक लाखको अक्सिजन कन्सेन्ट्रेटरमा क्षति भएको छ । त्यसैगरी इन्जेक्सनलगायत अन्य औषधिमा गरी आठ लाख बराबरको औषधि क्षति भएको उनले बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जिल्लामा क्षतिको पूर्ण विवरण नआएको जानकारी दिए । “मानवीय क्षति भएको छैन, धेरै ठाउँमा जनावर र खाद्यान्नमा क्षति भएको छ, सबै स्थानीय तहले क्षतिको विवरण सङ्कलन गरिराखेका छन्”, उनले भने, “सोमबारसम्म क्षतिको पूर्ण विवरण आउँछ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.