Advertisement

मिर्गौला प्रत्यारोपण : नेपालमा ९९ प्रतिशत सफल

0 65

Advertisement

०३ असाेज, काठमाडौँ । नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ।

सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने र यसका लागि राज्यलाई भार परे पनि देशले स्वस्थ नागरिक पाएको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ बताए। 

नेपालमा पाँच वर्षअघि सुरु गरिएको प्रत्यारोपण सेवामा हालसम्म एक हजार जनाको सफलरुपमा मिर्गौला प्रत्यारोपण गरिएको छ। काठमाडौँबाहेक पोखरामा समेत गत असारदेखि सो प्रत्यारोपण सेवा सुरु भएकामा हालसम्म तीन जनाको प्रत्यारोपण गरिएको र छिट्टै सुर्खेतमा पनि सेवा विस्तारको तयारी भएको प्रत्यारोपण केन्द्रले जनाएको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार साँझ पोखरामा आयोजना गरेको मस्तिष्क मृत्युपश्चात् हुने अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तक्रिया कार्यक्रममा कार्यकारी निर्देशक एवं कलेजो र मिर्गौला प्रत्यारोपण विज्ञेषज्ञ डा श्रेष्ठले प्रत्यारोपणपछि बिरामी र परिवारले गुणस्तरीय जीवन जीउन पाउने भएकाले डायलासिसभन्दा प्रत्यारोपण बढी किफायती रहेको बताए।

निःशुल्क डायलासिस सेवा उपलब्ध हुँदा बिरामीको झुकाव यसमा बढी पाइएकाले सरकारले विसं २०७४ वैशाख २ देखि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पूर्णरूपमा निःशुल्क प्रत्यारोपण सेवा सुरु गरिएको डा श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘डायलासिसमा बस्दा बिरामी र बिरामीका परिवार सधैँ अस्पताल आउने जाने गर्दा अत्यन्त कष्टकर जिन्दगी बिताउनुपर्ने हुन्छ‍। प्रत्यारोपणपछि राष्ट्रलाई उत्पादनशील नागरिक प्राप्त हुने, बिरामी दीर्घायु हुने र राष्ट्रलाई आर्थिक भार पनि कम पर्ने भएकाले प्रत्यारोपण कार्यलाई निःशुल्क गरिएको हो।’
 
डायलासिस मेसिन तथा उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने कारणले नियमित सञ्चालनका लागि राज्यलाई वार्षिक दुई अर्ब ५० करोड रुपैयाँभन्दा बढी आर्थिक भार पर्ने गरेको बताइन्छ। नेपालमा मिर्गौला प्रत्यारोपण सेवा नहुँदा बर्सेनि छ अर्ब रुपैयाँ रकम देश बाहिर जाने गरेको थियो। स्वदेशमै सेवा सुरु भए पनि विदेश जाने प्रवृत्तिमा अझै कमी आउन नसकेको बताइन्छ। नेपालमै विश्वको उत्कृष्ट प्रत्यारोपण सेवा रहेको केन्द्रको भनाइ छ ।

केन्द्रबाट वर्षमा अधिकतम दुई सयसम्मको मिर्गौला प्रत्यारोपण गर्नसक्ने क्षमता रहेको र पाँच सयको प्रत्यारोपण माग हुने बताइन्छ। सरकारले पछिल्लो समय प्रत्यारोपण कानुनमा परिमार्जन गरेपछि अंगदानको दायरा फराकिलो भई नाता पर्ने जति सबैबाट अंगदान हुनसक्ने व्यवस्था गरेपछि मिर्गौला प्रत्यारोपण सेवाले थप गति लिएको र अंग अभाव कम भएको केन्द्रका विशेषज्ञ डा निभाष श्रेष्ठले बताए। 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.