Advertisement

सेयर बजार आज नखुल्ने,मंगलबार मात्र खुल्ने

0 108

Advertisement

०३ असाेज, काठमाडाैं । सेयर बजार आज असोज ३ गते (सोमबार) बन्द हुनेछ ।

संविधान दिवसको अवसरमा असोज ३ गते सोमबार सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से बन्द हुने भएको हो ।

हरेक सार्वजनिक बिदा झै आज पनि नेपालको सेयर बजार बन्द रहने भएको हो ।

सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । अब बजार मंगलबार मात्र सेयर बजार खुल्नेछ । सेयर बजारमा बिहान साढे दशदेखि पौने ११ बजेसम्म प्रि ओपनिङ्ग सेसन र नियमित समयमा बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुनेछ ।

आइतबार १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५५ रुपैयाँ बराबरको सेयर कारोबार भयो । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भए । आइतबार लक्ष्मी बैंकको सर्वाधिक २ करोड १३ लाखको सेयर कारोबार भयो । ग्लोबल आइएमई समुन्नत स्कीम–१ को ५.३५ प्रतिशतले सेयरमूल्य बढ्यो भने बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.