Advertisement

विश्व सम्पदामा सूचीकृत भएन पनौती

0 85

Advertisement

२५ भदौ, काभ्रेपलाञ्चोक । पुरातात्त्विक, सांस्कृतिक र ऐतिहासिक महत्त्वको पनौती नगरपालिका–७ (साबिक पनौती गाविस)लाई ‘विश्व सम्पदा सूची’मा सूचीकृत गर्न पहल गरेको करिब अढाई दशक हुँदासमेत सूचीकृत हुन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा २०५४ सालमा मन्त्रिपरिषद् बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गत रहेर साबिक पनौती गाविसलाई प्राचीन स्मारक क्षेत्र घोषणा गरेको थियो । सरकारले प्राचीन स्मारक क्षेत्र घोषणा गरेपछि २०७४ सालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत गराउन खासै पहल नभएकामा २०७४ सालमा नगरपालिकामा जनप्रतिनिधि आएपछि सामान्य पहल गरे पनि सार्थक हुन सकेको छैन ।

पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले स्मारक क्षेत्रभित्र रहेका भवनहरूलाई सम्पदामैत्री बनाउन नगरपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले स्मारक क्षेत्रभित्र रहेका २८ घरको सन्दर्भमा युनेस्कोले स्पष्टीकरण माग गरेको भन्दै मन्त्रिपरिषद्ले निर्णय गरेर पठाएपछि युनेस्कोको टोली आएर स्मारक क्षेत्रको अवलोकन गर्ने बताउनुभयो ।

नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया पूरा गरेर नेपाल सरकारसमक्ष पेस गरेको भन्दै सूचीकृत गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने भएकाले निर्णय कुरेर बसेको बताउनुभयो ।

स्मारक क्षेत्रभित्र रहेका घरहरूमा सिमेन्ट प्रयोग गर्न नपाइने, छानोसहितको घरको उचाइ ३५ फिट हुनुपर्नेमा सोभन्दा बढीको घर निर्माण, स्मारक क्षेत्रभित्र रहेका कतिपय निजी तथा सार्वजनिक भवन सम्पदामैत्री नभएका कारण विश्व सम्पदा सूचीमा सूचीकरण गर्न समस्या देखिएको छ ।

नगरपालिकाले स्मारक क्षेत्रभित्र रहेका भवन, पाटी, मन्दिर, विद्यालय भवन, सत्तललगायतका संरचनालाई सम्पदामैत्री बनाउने काम गरेको वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । गाेेरखापत्र



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.