Advertisement

काठमाडौंका नौ सहकारी बीच एकीकरण सम्झौता

0 224

Advertisement

२२ भाद्र, काठमाडौं । उपत्यका भित्रका पाँच वटा सहकारी संस्थाले एकीकरणको सम्झौता गरेको एक सातामै पुनः नौ वटा सहकारीले एकीकरणको सम्झौता गरेका छन् । संस्थाको संचालन क्षमता मजवुत बनाएर सदस्यलाई प्रविधिमैत्री, आधुनिक तथा प्रतिस्पर्धी सेवा प्रवाह गर्ने उद्देश्यले एकीकरण हुन लागेका हुन् ।

शुक्रबार एक औपचारिक कार्यक्रमको बीच कुलेश्वरको शुभलाभ बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको जीवनदीप साकोस, कोटेश्वरको सदस्य सेवा साकोस, भोटाहिटीको शुभरत्न साकोस, चावहिलको एभरट्रष्ट साकोस, चावहिलको सर्वोच्च सम्वृद्धि साकोस, न्यूरोडको अष्ट साकोस, न्यूरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जिल्लाको कुमारीपाटी स्थित गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एकीकरण प्रकृया सम्पन्न भएपछि काठमाडौं महानागरपालिका वडा नं. २२, न्यूरोडमा प्रधान कार्यालय रहनेगरी शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट कारोबार गर्ने प्रस्ताव गरिएको छ ।

एकीकृत संस्थाको संचालक समितिको अध्यक्षमा शुभलाम साकोसका अध्यक्ष याम्बर बहादुर कार्की र उपाध्यक्षमा जीवनदीप साकोसका अध्यक्ष छत्र बस्नेत रहने सहमती भएको छ । यसैगरी संचालक समितिको सचिवमा एभरट्रष्ट साकोसका अध्यक्ष दीपक थापा मगर र कोषाध्यक्षमा शुभरत्न साकोसका अध्यक्ष भवानी पोखरेल रहने छन् ।

समितिको सदस्यमा गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नीर बहादुर श्रेष्ठ, हाम्रो सेवा साकोसका अध्यक्ष सुरेश शर्मा र अष्ट साकोसका अध्यक्ष अनिल खड्का रहने छन् ।

यस्तै तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा सर्वोच्च सम्वृद्धि साकोसका अध्यक्ष एकराज बस्नेत र सदस्यहरुमा प्रेम बहादुर बस्नेत र कृष्ण पौडेल रहने छन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी शितल प्रसाद शर्मालाई दिने प्रारम्भिक सहमती भएको छ ।

एकीकरण पश्चात बन्ने संस्थाको शेयर पुँजी २७ करोड २९ लाख ६४ हजार रुपैयाँ, निक्षेप ४ अर्ब ८९ करोड ६४ लाख ६९ हजार रुपैयाँ, कर्जा लगानी ५ अर्ब ३० करोड २७ लाख ७२ हजार रुपैयाँ र कूल कारोबार ६ अर्ब ४९ करोड ३९ लाख ६१ हजार रुपैयाँ हुनेछ ।

यसैगरी ६१ हजार ७ सय ४९ जना शेयर सदस्य आवद्ध हुने नयाँ संस्थाको कर्जा जोखिम कोषमा ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ८४ लाख ६० हजार रुपैयाँ हुनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.