Advertisement

सहकारी ऐन २०७४ संशोधन, एएमएल कार्यान्वयनमा विभागलाई थप अधिकार

0 124

Advertisement

२२ भाद्र, काठमाडौं । सहकारी ऐन २०७४ मा संशोधन गरिएको छ । संघीय संसदले सहकारी ऐन २०७४ को दफा १५० क.संशोधन गरेको हो ।

ऐन संशोधनसँगै सहकारी विभागले एएमएल कार्यान्वयनमा थप अधिकार पाएको छ ।

एपदफा (१) मा रहेका ‘सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी’ भन्ने शब्दको सट्टा ‘सम्पत्ति शुद्धीकरण, आतंककारी क्रियाकलापमा वित्तीय लगानी वा आमविनासका हातहतियार निमार्ण तथा विस्तार वा त्यसमा वित्तीय लगानी’ शब्दहरु राखिएका छन् ।

त्यस्तै उपदफा (३) पछि उपदफा (४) थपिएको छ । (४) उपदाफा (१) बमोजिम जारी भएको निर्देशनको पालना भए वा नभएको सम्बन्धमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले जोखिमको आधारमा आवश्यकता अनुसार कुनै पनि सहकारी संस्थाको अनुगमन, निरिक्षण र प्रचलित कानून बमोजिम आवश्यक कारबाही तथा सजाय गर्न सक्ने छ ।

ऐन संशोधनसँगै अब सहकारी संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कानून पालना नगरे सिधै सहकारी विभागले कारबाही गर्न सक्छ ।

विभागले निर्देशन पालना भए नभएको अनुगमन, निरिक्षण र प्रचलित कानून बमोजिम आवश्यक कारबाही तथा सजाय गर्न सक्ने व्यवस्था ऐनले दिएको छ ।

संशोधित व्यवस्था

संशोधन पूर्वको व्यवस्था



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.