Advertisement

बाबर आजमलाई उछिनेर पाकिस्तानकै मोहम्मद रिजवान टी २० नम्बर १ ब्याटर

0 109

Advertisement

२२ भदाै, काठमाडाैं । पाकिस्तानका ब्याटर बाबर आजमलाई उछिनेर पाकिस्तानकै खेलाडी मोहम्मद रिजवान नम्बर वन ब्याटर बनेका छन्। कप्तान बाबर भने नं. २ मा धकेलिएका छन्।

एसिया कपमा राम्रो प्रदर्शन गरिरहेको पाकिस्तानका लागि रिजवानले महत्वपूर्ण भूमिका खेलेका छन्। शानदार फर्ममा रहेका रिजवानले तीन खेलमा १९२ रन बनाएका छन्।

उनको यही खेलले पाकिस्तानलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। पहिलो खेल भारतसँग हारेको पाकिस्तानले त्यसपछि लगातार जितरहेको छ। हङकङविरुद्ध ७८ रन बनाएका उनले सुपर–४ मा भारतविरुद्ध ७१ रन बनाए।

बाबर, रिजवानका साथै मिसबाहुल हक नम्बर वनमा पुगेका खेलाडी हुन्। आइसीसी टी २० र्‍याकिङमा भारतका सूर्यकुमार यादव चौथो नम्बरमा छन् भने तेस्रो नम्बरमा एडेन मार्क्रम छन्।

bates-rijwan (1)1662542292.png



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.