Advertisement

प्रतिनिधि सभाको आयु बढाउने सरकारको प्रस्तावमा एमालेले प्रतिवाद गर्ने 

0 90

Advertisement

१९ भदाै, काठमाडाैं । प्रतिनिधि सभाको आयु बढाउन सरकारले कानुन संशोधन गर्न लागेको बताउँदै नेकपा एमालेले त्यसको विरोध गर्ने बताएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए।

यसले दुईथरि सांसद हुनेभन्दा त्यस्तो परिकल्पना गर्न नसकिने बताए। उनले भने, ‘यो प्रस्तावअनुसार मंसिर ४ पछि दुईथरि सांसद हुन्छन्। एउटा जितेको र एउटा पुरानो। एमालेले कुनै पनि रुपमा यसमा सम्झौता गर्दैन, कडा प्रतिवाद गर्छ।’

संसदको कार्यकालको किटानी व्यवस्था नभएपछि मनोनयन दर्ता हुने अघिल्लो दिन प्रतिनिधि सभाको कार्यकाल सकिनु पर्ने पक्षमा एमाले रहेको उनले बताए। निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते मनोनयन हुनेछ।

भट्टराईले थपे, ‘निर्वाचन घोषणा भएपछि अस्ति नै प्रतिनिधि सभा विघटन हुनुपर्थ्यो। किनभने चुनावको घोषणा भएपछि प्रतिनिधि सभा रहनुको अर्थ छैन।’

प्रतिनिधि सभाको कार्यकाल नयाँ संसद्को पहिलो बैठक बसेपछि मात्रै समाप्त हुने गरी विधेयक दर्ता भएको छ। प्रतिनिधि सभामा दर्ता गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो।

‘… प्रतिनिधि सभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’, दर्ता गरिएको विधेयकमा भनिएको छ।

संशोधन गर्न लागिएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.