Advertisement

मेगा बैंकले ल्यायो “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना”

0 111

Advertisement

१३ भाद्र, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आप्mना ग्राहक माझ “६ गुणा” सम्म प्रतिफल दिने “मेगा म्याजिक मुद्दती योजना” ल्याएको छ ।

मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् ।

बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. १ लाखदेखि माथी र संस्थागत मुद्दती खाता खोल्नुहुने ग्राहकहरुले रु. ५ लाखदेखि माथी रकम जम्मा गरी आफुले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकमहानुभावहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन ग्राहकहरुलाई मेगा बैंकले आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.