Advertisement

कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन- कम्तिमा दुईजना मतदाता थप्नू

0 208

Advertisement

१२ भदाै, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्तिमा दुईजना मतदाता थप्न कार्यकर्तालाई निर्देशन दिएका छन्। केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

कम्तिमा दुईजना थप्नु दायित्व रहेको बताउँदै धेरैभन्दा धेरै मतदाता बढाउनका लागि खट्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

उनले भने, ‘कम्तिमा दुईजना मतदाता थप्नुहोस्। धेरै जति पनि हुनसक्छ। दुई थपिहालियो भनेर चुप लाग्ने होइन, दुई सय, दुई हजार, दुई लाख बनाउन लागिपर्नुपर्छ।’

मत सुरक्षाका लागि ध्यान दिन पनि निर्देशन दिए। अध्यक्ष ओलीले प्रदेश, जिल्ला, पालिका र वडा तहमा परिचालन कमिटी गठन गरिने बताए। यसैगरी बूथमा बूथ कमिटी गठन गरिने बताए।

नेता-कार्यकर्तालाई बैठकमा अल्झिनेभन्दा जनतामाझ जाने काममा बढी सक्रिय हुनसमेत उनले निर्देशन दिएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.