Advertisement

देशभर निर्वाचनको माहोल सुरु भयो: प्रकाशमान सिंह

0 92

Advertisement

१० भदाै, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन्। हरेक निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएको स्मरण गराउँदै उनले आसन्न निर्वाचन पनि कांग्रेसकै अगुवाइमा हुन लागेको बताए।

नेपाल महिला संघकी संस्थापक अधध्क्ष मंगलादेवि सिंहको २७औँ स्मृति दिवसका अवसरमा शोभाभगवतीमा आयोजित माल्यार्पणमा नेता सिंहले यस्तो बताएका हुन्।

उनले यो सरकार बन्नु अघिको सरकारले ऐन कानुन नबनाएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनु पर्ने, आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको बताए। हाल स्थानीय र प्रदेश सरकारले चाहे अनुसार र संविधानमा ब्यवस्था भए अनुसार काम गर्न नसक्नुको कारण ओली सरकार रहेको समेत आरोप लगाए । पछिल्लो राजनीतिक घटनाक्रमका बारे सबै जानकार रहेको भन्दै राजनीतिक दुर्घटना रोक्न हालको अस्थायी व्यवस्थापन गर्नु परेको उनले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.