Advertisement

‘पार्टीभित्र गतिहीनता जस्तो जीवन अलि कमजोर भएजस्तो हामीले महसुस गर्‍यौँ,’ – ‘प्रचण्ड’

0 91

Advertisement

०३ भदाै, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा गतिहीनता उत्पन्न भएको टिप्पणी गरेका छन्। योङ कम्युनिस्ट लिग, नेपाल वाइसीएलको दोस्रो राष्ट्रिय भेलालाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको विशिष्ट चरणमा भएको बताए।

उनले पहिलाको अनुभव जस्तो अहिले पार्टीमा नभएको बताए।

‘पार्टीभित्र गतिहीनता जस्तो जीवन अलि कमजोर भएजस्तो हामीले महसुस गर्‍यौँ,’ उनले भने।

सशस्त्र द्वन्द्वका बेलामा मर्नका लागि प्रतिस्पर्धा हुने र नेतृत्वलाई अग्रमोर्चामा जानका लागि युवाहरुले घेर्ने गरेको प्रचण्डले बताएका छन्।

‘अग्रमोर्चामा जानका लागि प्रतिस्पर्धा हुन्थ्यो। मैले मर्न जान पनि किन नपाउने भनेर प्रतिस्पर्धा हुन्थ्यो। नेतृत्वलाई घेरा हाल्ने र दबाब दिने हुन्थ्यो। तर, आजभोलि त्यस्तो छैन। अहिले यो पद किन नपाउने भने प्रतिस्पर्धा हुन्छ,’ प्रचण्डले भने।

अब सम्भावना र चुनौति दुवै रहेको भन्दै विश्वमा नै क्रान्तिमा चुनौति देखिएको बताए। विज्ञान र प्रविधिसँग पनि धेरै नै विकास भएको र त्यसको प्रयोगमा व्यापकता ल्याउनु पर्ने प्रचण्डले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.