Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गठबन्धन रे, नामै कस्तो नराम्रो : अध्यक्ष ओली

0 34

०१ भदाै, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नाम सुन्दै नराम्रो भएको भन्दै गठबन्धन दलले जनतालाई ढाँट्ने काम गरेको आरोप लगाए । बुधबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले गठबन्धन दलले एमसीसीलाई पत्र लेखेको र लेखेको छैन भनेर ढाँटेको दावी गरे ।

पहिला लेखेकै हैन भन्ने र पछि लेखेको पत्र आएपछि दाँत देखाएर हाँसेको दावी गरे । आफूले नेपाली काँग्रेसलाई ढोडको लौरो चाहिनेगरी लुलो भयो भनेको भन्दै उनले पछि काँग्रेसले आफू बिरामी भएर अरुको सहारामा हिँडेको फोटो छापेकाले आफूले शेरबहादुर देउवालाई बुढो भयो नभनेको उल्लेख गरे ।

उनले काँग्रेस अरुको साहारा बिना उभिन नसकेको उल्लेख गर्दै भने–‘अखडामा काँग्रेस अब एक्लै पस्न नसक्ने भयो । एमालेसँग त काँग्रेस अखडामा पस्नै नसक्ने भयो । मैले भनेको त्यो हो तर म हस्पिटलमा हुँदाखेरी अक्सिजन लिएर बसेको फोटो छापेर काँग्रेस बलियो छ भन्ने प्रमाणित हुन्छ ?’

चार पाँच जना साथीको पाखुरा नसमाती काँग्रेस यता उता गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए । उनले काँग्रेस लुलो र विचार शून्य रहेको बताउँदै दिशाहीन रहेको दावी गरे । उनले देशमा एमालेले राम्रो काम गरेको देखेर त्यो काम रोक्न गठबन्धन गरेको बताए ।

Subscribe to our newsletter

यस्तै माओवादी केन्द्रलाई महान जनयुद्ध भनेर १७ हजार युवालाई मारेको, हिजो अपाङ्ग भएको, अंगभंग भएकाहरु कहाँ छन् थाहा नभएको र सबैलाई बेवास्ता गरेर चुनावको बेला झुट बोल्न सिपालु रहेको बताए । उनले गठबन्धन दलको ध्यान जहान परिवारलाई अघि बढाउन केन्द्रित रहेको बताउँदै एमाले भने सुखी नेपाल र समृद्ध नेपाल बनाउन लागेको दावी गरे ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.