Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

शारदा अधिकारीको कम्पनीबाट खोसियो तीनपिप्ले–बञ्चरेडाँडा सडक

0 59

०१ भदाै, काठमाडौं । नुवाकोट सडक अन्तर्गत तीनपिप्ले–बञ्चरेडाँडा सडक निर्माणको ठेक्का पाएको शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनको ठेक्का रद्द भएको छ । मंगलबार जिल्ला अदालत ललितपुरले ठेक्का रद्द गर्ने फैसला गरेसँगै सडक विभागलाई गर्दै १ करोड ५५ लाख जरिवानासहित तीन वर्ष कालोसूचीमा राख्ने बाटो खुलेको छ ।

न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सडक विभागको पक्षमा फैसला आएको हो । गत असार ८ गते सडक विभागले सो कम्पनीलाई दिएको ठेक्का रद्द गर्ने निर्णय गरेको थियो । सोविरुद्ध शैलुङ कन्स्ट्रक्सन अदालत गएको थियो ।

यसअघि अदालतले सो मुद्दामा अन्तरिम आदेश दिँदै ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न सडक विभागलाई निर्देशन दिएको थियो ।

निर्माण व्यवसायी अधिकारीको शैलुङ कन्स्ट्रक्सनले सो सडकको ८ वर्षअघि ठेक्का पाएको थियो । त्यसपछि ७ पटकसम्म सडकको म्याद थप्दासमेत सडकको काम सकिएको थिएन । सो सडकमा हालसम्म ५० प्रतिशत मात्र प्रगति भएको सडक विभागको भनाई छ ।

Subscribe to our newsletter

८ वर्षअघि सडक विभागले ३१ करोड लागतमा २ वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता गरे पनि सो कम्पनीले ८ वर्षसम्म पनि काम सम्पन्न गर्न नसकेको हो । ७ औँ पटक थपिएको म्याद गएको चैतमा सकिएपछि सडक विभागले बाध्य भएर ठेक्का सम्झौता तोडेको थियो ।

सो सडकखण्डको ८ किलोमिटर सडक फोहोर विसर्जनका लागि प्रयोग हुने गरेकोमा बाटो नबन्दा फोहोर बोकेका सवारी चालकले हैरानी पाउँदै आएका थिए । सो ठेक्का सम्झौता तोडिएसँगै विभागलाई सो सडक निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया गर्नका लागि बाटो खुलेको छ ।

के छ अदालतको फैसलामा ?

सडक विभाग र शैलुङ कन्स्ट्रक्सनबीच २०७१ जेठ २२ गते मा सम्झौता सम्पन्न भएको, २०७३ जेठ २२ गतेसम्म काम सम्पन्न गर्नुपर्नेमा ३९ दशमलव ५० प्रतिशत काम सम्पन्न भएको देखिएको उल्लेख छ ।

त्यसपछि शैलुङ कन्स्ट्रक्सनले पटक–पटक गरी सडक विभागसँग ७ औँ पटक म्याद थप भएको अवस्थामा हाल निवेदकले ५८ प्रतिशत कार्य पूरा गरेको भन्ने दावी गरेको, शैलुङ कन्स्ट्रक्सन र सडक विभागबिच गत चैत ३ गते ठेक्का सम्झौताको अवधि समाप्त भएपछि पनि सो ठेक्का निरन्तरताको लागि शैलुङ् कन्स्ट्रसनले कुनै पहल गरेको उल्लेख छ । सार्वजनिक खरिद नियमावली, २०६४ को बाह्रौँ संशोधन मिति २०७९–०३–२० आउनु पूर्व २०७९–०३–०५ मा नै ठेक्का रद्द गरिसकेको विषय देखाउँदै अदालतले सडक विभागको पक्षमा फैसला गरेको हो ।

२५ किलोमिटर लम्बाइ रहेको यो सडक अन्तरगत ८ किलोमिटर सडक काठमाडौँको फोहोर बोक्न प्रयोग हुने गरेको छ । सडक विभागले अदालतको फैसला आएसँगै नयाँ ठेक्का खोल्ने तयारी गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.