Advertisement

सी डिभिजन छनोटका लागि टिम दर्ता भदौ २४ सम्म

0 122

Advertisement

०१ भदाै, काठमाडौँ । असोज १ देखि सुरु हुने सहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आह्वान गरेको छ ।

एन्फाले बुधबार सूचना जारी गर्दै इच्छुक क्लबहरूले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लब दर्ता २५ हजार रुपैयाँ लाग्ने र खेलाडी र अफिसियल दर्ता शुल्क जनही १ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

क्लब दर्ता गर्दा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति, वाणिज्य विभाग वा स्थानीय तहमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७-७८ को कर चुक्ता, क्लबको विधानको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

टिम र खेलाडी दर्ताका लागि एन्फाको आधिकारिक वेवसाइटबाट फारम दर्ता गर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.