Advertisement

एक महिनामा सरकारको आम्दानी ९१ अर्ब, खर्च २२ अर्ब २५ करोड

0 52

Advertisement

०१ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो एक महिना (साउन) मा ९१ अर्ब रुपैयाँ आम्दानी गर्दा २२ अर्ब २५ करोड रुपैयाँ खर्च गरेको छ ।

बका अनुसार साउनमा सरकारले राजस्व (कर र गैरकर) बाट ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो वार्षिक लक्ष्यको ५.६८ प्रतिशत संकलन हो ।

एक महिनामा ७९ करोड ३० लाख अनुदान प्राप्त भएको छ । अन्य आम्दानी १० अर्ब ४८ करोड ४८ लाखसहित एक महिनामा कुल ९१ अर्ब रुपैयाँ आम्दानी भएको महालेखाले जनाएको छ । आम्दानीमा सरकारले दिने आन्तरिक तथा बाह्य ऋण भने जोडिदैन ।

यसबीचमा चालु, पूँजीगत र वित्तीय हस्तान्तरणमार्फत २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखाले वित्तीय व्यवस्थातर्फको खर्च भने विवरणमा राखेको छैन ।

सरकारले यस वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । एक महिनामा चालु खर्च ५ अर्ब ६५ करोड र वित्तीय हस्तान्तरणतर्फ १५ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ ।

पूँजीगत खर्च भने १ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ०.९३ प्रतिशत मात्र हो । सरकारले चालु आवमा पूँजीगत तर्फ ३ खर्ब ८० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । पूँजीगत खर्चका लागि गर्नुपर्ने पूर्वतयारीका काम आर्थिक वर्षको प्रारम्भिक महिनामा गर्ने प्रचलन रहेको छ । सोहीकारण पूँजीगत खर्च भने कम हुने गर्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.