Advertisement

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

0 81

Advertisement

०१ भदाै, कलैया । मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ ।

सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्ड जरिवाना गरी उक्त रकम असुल गरिएको हो ।

मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्ड जरिवाना असुल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट रु तीन करोड २० लाख राजस्व असुल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट रु ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट रु ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट रु ८९ लाख २० हजार दण्ड जरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.