Advertisement

नेदरल्याण्डलाई हराउँदै पाकिस्तान अग्र स्थानमा

0 59

Advertisement

०१ भदाै, काठमाडौँ । घरेलु टोली नेदरल्याण्डलाई १६ रनले हराउँदै पाकिस्तानले तीन खेलको एक दिवसीय सिरिजमा अग्रता लिएको छ।

रोटरडममा पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्रै बनाउन सक्यो ।

उसका लागि स्कट एड वार्डले सर्वाधिक नटआउट ७१ रन बनाउँदा टम कुपर र बिक्रमजीत सिंहले समान ६५(६५ रन जोडे।

बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफ र नशिम शाहले समान ३(३ विकेट लिए। मोहम्मद वासिम र मोहम्मद नजावले १(१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१४ रन बनायो। उसका लागि फखर जमामले १ सय ९ रनको सतकीय इनिङ्स खेले। कप्तान बाबर आजमले ७४ रन रन जोड्दा शादब खानले अभिजित ४८ रन बनाए।

नेदरल्याण्ड्सका लागि लोगान भान बीक र बास डे लिडेले समान २(२ विकेट लिए। तीन खेलको एक दिवसीय शृङ्खला खेल्न पाकिस्तान नेदरल्याण्ड्सको भ्रमणमा छ। दोस्रो खेल भोलि हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.