Advertisement

सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा बिच समझदारी पत्र हस्ताक्षर

0 305

Advertisement

०१ भदौ, काठमाडौं । सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा बिच समझदारी पत्र हस्ताक्षर भएको छ । हाल नेपालमा प्रारम्भिक बालविकासको क्षेत्रमा विशेष प्राथमिकता सहितका योजना तथा कार्यक्रमहरूको स्पष्ट आवश्यकता देखिएको छ ।

घरमा सहि पालन–पोषण गर्ने अभ्यास हुनुका साथै विद्यालयमा बालबालिकाको समग्र विकासका अभ्यासहरू बढाउनका लागि उपयुक्त वातावरणको निर्माणमा विशेष ध्यान दिनु आवश्यक छ । मानव मस्तिष्कको विकासको सुरुवात आमाको गर्भबाट नै हुन्छ ।

प्रारम्भिक बर्षहरूमा विशेष गरेर ५ वर्ष अगाडि मानव मष्तिष्कको ९०% विकास हुने गर्दछ । विकसित मुलुकहरूमा यस्ता अनुसन्धानहरूलाई आधार मानेर प्रारम्भिक बाल विकास कार्यक्रमहरूको गुणस्तर बढाई सान्दर्भिक बनाउन थुप्रै लगानी गर्ने गरिएका छन् ।

तिनै अनुसन्धान अनि प्रयोगहरूबाट सिकेर हामीले पनि हाम्रो देशमा बालबालिकाहरुलाई प्राथमिकतामा राखी उनीहरुलाई सुहाउने कार्यक्रमहरूको आयोजना र कार्यान्वयनका लागि प्रयास गर्नुपर्छ । उपेन्द्र कार्की नगर प्रमुखले  डिजिटल खबर लाइ बताए ।

सार्थक बाल सिकाइ कार्यक्रम-मनोहरा एक यस्तो प्रयास हो जसमा कागेशवरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा रहेका प्रारम्भिक उमेरका बालबालिकाहरुसँग प्रत्यक्ष जोडिने शिक्षक, अभिभावक अनि समाजमा सहजीकरण गर्ने नेत्तृत्वहरूलाई तालिम प्रदान गरिन्छ। साथै कक्षा कोठा र बालबालिकाहरू संलग्न रहने वातावरणलाई बाल मैत्री बनाइन्छ ।

यस कार्यक्रमले तालिममा सहभागी भएकाहरूलाई खेलमा प्रत्यक्ष संलग्न गराउँछ ताकि उनीहरूले खेलको महत्व र आवश्यकता बुझी आफ्ना बालबालिकाहरूलाई प्रत्येक दिन बिभिन्न किसिमका खेलहरू मार्फत सिक्ने वातावरण बनाउन सक्छन् ।

सैद्धान्तिक शिक्षामा मात्र भर पर्ने बानीलाई परिमार्जन गर्न कठिन हुन्छ भन्ने कुरालाई बुझेर यस कार्यक्रममा फिल्ड अफिसरले नियमित रुपमा विद्यालय भ्रमण गरी शिक्षकहरूलाई आवश्यक सहयोग र सुझाव दिने व्यवस्था गरिएको छ ।

बालबलिकाहरूको सर्वाङ्गीण विकासमा खेल विधिले निकै ठुलो महत्व राख्दछ भन्ने कुरालाई मध्य नजर राखी यस कार्यक्रमले आफ्ना तालिमहरूमा सहभागीहरूलाई प्रत्यक्ष खेलहरूमा संलग्न गराई बालबालिकाहरूको सार्थक सिकाइलाई टेवा पुयाउनेछ र कक्षाकोठाको सहि व्यवस्थापनमा पनि सहयोग गर्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.