Advertisement

फिफा विश्वकपमा साइबर सुरक्षा सुनिश्चित गर्दै कतार

0 164

Advertisement

३१ साउन, एजेन्सी । राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए)का अध्यक्ष अब्दुलरहमान बिन अली अल फराहिद अल्माल्कीले अगामी फिफा विश्वकप कतार २०२२ को समयमा राष्ट्रव्यापी साइबर सुरक्षा प्रणाली प्रदान गर्ने प्रयास जारी राखेको बताएका छन्।

स्थानीय मिडियाका प्रतिनिधिहरुसँगको भेटमा अल्माल्कीले एजेन्सीका कर्मचारीहरुले उत्कृष्ट विश्व स्तरीय अभ्यासको आधारमा देशभर साइबर सुरक्षाको सुदुढीकरणको ग्यारेन्टी गर्न अथक प्रयास गरिरहेका छन्।

नोभेम्बरमा शुरु हुने प्रतियोगितामा आफ्नो एजेन्सीको भूमिका बारेमा बोल्दै अल्माल्कीले खेलकुद सम्बन्धित योजनाहरु सक्रिय गर्ने, सम्भावित साइबर खतरा, ह्याकिङहरुको प्रभावकारी ह्यान्डलिङका साथै साइबर आक्रमणहरु पत्ता लगाउने र साइबर सम्बन्धित घटनाहरुमा तत्काल प्रतिक्रिया दिने योजना सुनाए।

उनले प्रतियोगिताका लागि एजेन्सीको तयारीको एउटा हिस्सा प्रतियोगिताका क्रममा सञ्चालन भएका संस्थाका कार्यक्रमहरू, एप र सञ्जालहरूको ह्याकिङको सिमुलेटिङमार्फत प्रणालीको परीक्षण र आवधिक स्क्यानिङ र ह्याकिङको प्रयासलाई सामना गर्न यी संस्थाहरूको क्षमताको परीक्षण गर्ने बताए। स्टेडियमहरूको सञ्जाल परीक्षणका साथै देशभरका १०० भन्दा बढी महत्वपूर्ण सुविधाहरूको साइबर सुरक्षाको सम्भावना र खतराहरूको मूल्यांकन गर्ने पनि उनले जानकारी दिए।

एजेन्सीले सबै प्राविधिक डिजाइनहरू, कार्यक्रमहरू र च्याम्पियनशिपसँग जोडिएका एपहरू जाँच र मूल्यांकन गर्नेछ। यी उपकरण तथा कार्यक्रममा साइबर सुरक्षाका पूर्व शर्तहरू पूरा भएको छ भनी सुनिश्चित गर्ने काम पनि एजेन्सीले गर्नेछ। एजेन्सीले च्याम्पियनशिपको लागि अप्रत्यक्ष सेवाहरू प्रदान गर्नेका साथै सबै सुविधाहरूको सुरक्षा गरिरहेको उनले बताए। साइबर सुरक्षा सम्बन्धी प्राविधिक परामर्श पनि एजेन्सीले प्रदान गर्नेछ।

एजेन्सीका प्रतिनिधिहरू च्याम्पियनसिपसँग सम्बन्धित सबै सुविधाहरूमा तुरुन्त र प्रत्यक्ष रूपमा प्रतिक्रिया दिन, कम्प्युटर र नेटवर्कहरू विरुद्ध कुनै पनि इलेक्ट्रोनिक आक्रमणको अनुगमन र प्रमाणीकरण गर्न उपस्थित हुनेछन्। एजेन्सीसँग २०२१ फिफा अरब लगायतका विभिन्न प्रतियोगिताकोे प्रत्यक्ष अनुभव छ। जसले एजेन्सीलाई खेलकुद विरुद्ध हुने कुनै पनि ह्याकिङ प्रयासहरूको सामना गर्न रणनीतिहरू र क्षमताहरू बढाउन मद्दत गर्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.