Advertisement

एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह

0 110

Advertisement

३० साउन, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्।

ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरे पछि मेयर शाहको प्रतिक्रिया आएको हो।

उनले आइतबार साँझ सामाजिक संजाल मार्फत एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिएको छ भन्ने प्रश्न पनि गरेका छन्।

उनले लेखेका छन्, ‘ एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.