Advertisement

नागढुंगा सुरुङमार्ग : टनेलकाे ६० प्रतिशत काम सकियाे

0 191

Advertisement

२९ साउन, काठमाडौँ । राजधानीबाट बाहिरिने-भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ । इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६ सय १३ मिटर सम्पन्न भएको छ ।

त्यस्तै, क्रस प्यासेजतर्फ १ सय २८ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ३२ र दक्षिणतर्फ ३० गरी ६२ मिटर काम सकिएको छ । समग्रमा ५ हजार ४ सय ९९ मिटर निर्माण सम्पन्न गर्नुपर्नेमा ३ हजार २ सय ७६ मिटर अर्थात् ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख शाक्य बताउ“छन् । जसमा पूर्वतर्फ १७ सय २३ र दक्षिणतर्फ १५ सय ५३ मिटर छ ।

आयोजनाअनुसार तीन अन्डरपासमध्ये दुई र बक्स कल्भर्ट चारै निर्माण शतप्रतिशत सम्पन्न भएको छ । एउटा ओभर पास र तीन पुल निर्माण कार्यसमेत सकिएको आयोजनाले जनाएको छ । कोभिडलगायत कारण सुरुवाती चरणमा आयोजना केही ढिला हुन गए पनि अहिले ‘फुल फ्लेज’मा काम भइरहेको छ । दुवैतिरको पोर्टल गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका छन् ।

४२ महिनामा सम्पन्न गर्नेगरी २०७६ कात्तिकमा आयोजना निर्माण सुरु भएको हो । जापानी निर्माण संस्था हाजमा आंदो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भएको थियो । कोभिडलगायत कारण आयोजनाको म्याद थप पनि गरिएको छ । नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो ।

नागढुंगा–नौबिसे सुरुङमार्गका लागि जापानी सहयोग नियोगले १६ अर्ब सहुलियत ऋण सहयोग दिएको छ । सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य एक (०.०१) प्रतिशत रहेको छ । २२ अर्ब लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ । –राजधानी दैनिकबाट



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.