Advertisement

सुपर कपको उपाधि रियल मड्रिडलाई

0 260

Advertisement

२६ साउन, काठमाडौँ । आफ्नो करियरको ३२४ औँ गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।

रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे । बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिस्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.