Advertisement

थप लम्बियो राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध

0 91

Advertisement

२६ साउन, काठमाडौँ । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ ।

श्रीलङ्काको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो ।

महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलङ्काको केन्द्रीय बैङ्कका पूर्वगर्भनर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो ।

श्रीलङ्काको आर्थिक सङ्कटका लागि जिम्मेवार व्यक्तिविरुद्ध छानबिन गर्न माग गरिएको छ । सिलोन चेम्बर अफ कमर्स (सीसीसी)का पूर्वअध्यक्ष चन्द्र जयरत्ने, श्रीलङ्काका पूर्व स्विमिङ च्याम्पियन जुलियन बोलिङ, जेहान कनागररत्न र ट्रान्सपरेन्सी इन्टरनेसनल श्रीलङ्का (टीआईएसएल) लगायतका समूहले निवेदन दिएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.