Advertisement

अछाममा सडक र पुल निमार्णको लागि प्रदेश सरकारबाट ७४ करोड बजेट

0 74

Advertisement

२६ साउन, काठमाडाैँ । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९÷८० मा ७४ करोड बजेट विनियोजन गरेको छ ।

अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुनेछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउन बजेट विनियोजन गरेको हो ।

जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले जानकारी दिएको छ ।

चिसापानी– जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले विनायक–लयाटी –पुल्लेलोला– रामारोशन सकडर चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडक ९गैरिटाँड–कालागाउँ–दर्ना खण्ड० ५-५ करोड विनियोजन गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.