Advertisement

जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

0 119

Advertisement

२६ साउन, काठमाडौँ । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुङ्गेलले बताए ।

भोलि पूर्णिमा तिथि बिहान सकिने भएपनि रक्षाबन्धन बाँध्न मिल्ने उनले बताए । नेवारी समुदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात् प्रतिपदा तिथिमा मृत आफन्तहरूको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछ ।

तर यसवर्ष पूर्णिमा दुई दिन भेटेको हुनाले प्रतिपदा पनि भोलि नै परेको ढुङ्गेलले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.