Advertisement

कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, भदौ महिनामा उत्कर्ष

0 128

Advertisement

२६ साउन, काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ। तर, परीक्षण दर बढाउने हो भने संक्रमितको संख्या पनि बढ्ने स्वास्थ्य विज्ञ बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, पछिल्लो समय संक्रमितको संख्या धेरैले बढेको छ। संक्रमितसँगै मृत्युदर पनि बढेको अधिकारी बताउँछन्। बुधबार मात्रै ३ संक्रमितले ज्यान गुमाए। संक्रमणदर वृद्धि हुँदै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरूको तर्क छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता अधिकारी आगामी दुई साता संक्रमणदर उच्च रहने पूर्वानुमान गर्छन्।

आगामी साताहरू गुणात्मक ढंगले बढ्ने अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले पनि गरेको छ। कोरोनाको संक्रमण सबैभन्दा बढी काठमाडौंमा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ७१ छन्। डा. अधिकारीका अनुसार, संस्थागत आइ्सोलसनमा २ सय १४ जना छन्। संस्थागत आइसोलेसनमा रहेका मध्ये ६४ जना सघन उपचार कक्ष (आईसीयू)मा छन्। ७ जना भेन्टिलेटरमा उपचाररत छन्। ‘अहिले संक्रमणको उच्च जोखिममा गुज्रिरहेका छौं,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भन्छन्, ‘आगामी केही साताहरू हाम्रा लागि चुनौतीपूर्ण हुन्छन्।’ अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ छ।

ग्राफले कोरोना संक्रमणको चौथो लहर सुरु भएको संकेत गरे पनि सरकारले आधिकारिक रूपमा बताएको छैन। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार आगामी दिनमा संक्रमणदर झन् बढ्दै जाने अनुमान छ। ‘चौथो लहर सुरु भइसकेको आधिकारिक रूपमा भन्न मिल्दैन। ग्राफले भन्ने कुरा हो’, उनले भने। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.