Advertisement

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

0 113

Advertisement

२६ साउन, काठमाडौं । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् ।

गत २१ साउनदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो ।

निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । ‘१ भदौसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समिमितले निर्धारण गरेपछि तत्कालिन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।

यो पनि पढ्नुहोस
इन्धनको ढुवानी भाडा बढाउन निगमभित्रैबाट चलखेल !
निगमको अध्ययन समितिले रुटअनुसार ३ देखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो । जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनियारिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो ।

आयल निगमको वर्तमान सञ्चालक समिति इन्धनको मूल्य वृद्धिले जनताको ढाड सेकिएको बेला व्यवसायीको भाडा बढाउन सहमत छैन । तर, व्यापारिबाट प्रभावित भएर निगमले सञ्चालक समितिमा ७ पटकसम्म भाडा वृद्धिको प्रस्ताव लगेको बोर्ड सदस्यहरुले बताउने गरेका छन् ।

हेर्नुहोस् विज्ञप्तिः



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.