Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु

0 80

२६ साउन, काठमाडाैँ । सर्लाही र बारामा डुबेर २ जनाको मृत्यु भएको छ । सर्लाहीको मलंगवा नगरपालिका–५ भाँडसरस्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ माइती घर बस्दै आएकी २१ वर्षीया अर्चना यादवको बुधबार दिउँसो मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका–१२ धर्म नगरस्थित नहरको पानीमा डुबेर भारत विहार मोतिहारी अरेराज बस्ने लिलादेवीकी छोरी १८ महिनाकी सुरजीकुमारी मलिकको बुधबार मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि एनएमसी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.