Advertisement

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

0 81

Advertisement

२५ साउन, काठमाडौँ । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

मंगलबार राति धनगढी उपमहानगरपालिका(३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहना पुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका-१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.