Advertisement

नेपालले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने, ओपनर नै टिम बाहिर

0 114

Advertisement

२५ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी-२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपालले केन्यासँग ५ खेलको टी-२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । पहिलो टी-२० अगस्ट २५ तारिखमा हुनेछ ।

यस्तै अन्तिम टी-२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टेम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र कुशल भुर्तेल टिममा अटाएनन् । यस्तै, अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.