Advertisement

आज – २५ साउन २०७९ बुधवार को राशिफल

0 189

Advertisement

२०७९ साउन २५ गते, बुधवार, १० अगस्ट २०२२। श्रावण शुक्लपक्ष त्रयाेदशी तिथि, १२ः१० बजेदेखि चतुर्दशी। पूर्वाषाढा नक्षत्र, ८ः२८ बजेदेखि उत्तराषाढा। चन्द्रराशि– धनु, १४ः०३ बजेपछि मकर।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। लगनशीलताले सफलता दिलाउनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग जुट्नेछ। तर अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक नदर्साउनु होला। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। तापनि, कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। दिउँसाेदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन्। अस्वस्थताले काममा बाधा पुर्याउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिलेको सफलताले हौसला जगाउनेछ र आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। पछिका लागि समेत विशेष काममा जग बसाउने मौका छ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। यात्राका बीच साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ। रमाइलाे पारिवारिक भेटघाट पनि हुनेछ। भौतिक साधन प्राप्त् हुनेछन्।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। सफलताले काममा पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्। श्रमबाट मनग्गे धनलाभ हुनेछ। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमाबिग्रनाले काम केही दौडधुप गर्नुपर्नेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। परिस्थितिवश योजना परिवर्तन हुन सक्छ। अर्थ अभाव देखिए पनि आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको श्रमले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा बिहानै व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.