Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

नेपालमा एकैदिन १०९० जनामा कोरोना पुष्टि, दुईको मृत्यु

0 60

२४ साउन, काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० जना र ३ हजार ३४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८०६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण दुई संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४ रहेका छन् ।

Subscribe to our newsletter

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.