Advertisement

सन्दीप युएईको आइएल टी-२० मा ‘मार्की प्लेअर’

0 138

Advertisement

२४ साउन, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने इन्टरनेशनल टी-२० क्रिकेट खेल्ने भएका छन् ।

युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रूपमा अनुबन्धित भएका हुन्।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरू मार्की खेलाडीको रूपमा जोडिएका छन्। जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। हालसम्म नाइट राइडर्स ग्रुपको अबुधावी नाइट राइडर्स, जीएमआर ग्रुपको दुबई क्यापिटल्स र अदानी स्पोर्ट्सलाइनको गल्फ जायन्ट्स नाम पक्का भएको छ। क्याप्री ग्लोबल क्यापिटल लिमिटेड, लान्सर क्यापिटल र रिलायन्स स्ट्राटेजिक बिजिनेस भेन्चरले टोलीको नाम सार्वजनिक गरेको छैनन्।

प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन्। जसमा चार युएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्नुपर्ने आयोजनले जनाएको छ। यस्तै हरेक खेलको प्लेइङ ११ मा दुई जना यूएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ। यसकारण पनि नेपाल लगायत एसोसिएट राष्ट्रका खेलाडीले राम्रो मूल्य र अवसर पाउनेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.