Advertisement

स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते

0 125

Advertisement

२४ साउन, काठमाडौँ । स्यालको टोकाइबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन्।

मंगलबार बिहान स्यालले टोक्दा वडा नम्बर ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नम्बर ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।

‘आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो’ राजकुमारीका श्रीमान् पल्टा चौधरीले भने, ‘आँगनमै लडाएर स्यालले टोक्न थालेपछि श्रीमती चिच्याइन्। होहल्ला गरी स्याल भगायौँ।’

यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिँदै छ।

स्यालले घर आँगनमै आएर टोक्न थालेपछि स्थानीय त्रसित भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.