Advertisement

चीनद्वारा ताइवान नजिक थप सैन्य अभ्यासको घोषणा

0 79

Advertisement

२४ साउन, काठमाडौं । चीनले ताइवान नजिक थप सैन्य अभ्यासको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको स्वशासित टापुको भ्रमणको विरोधमा सुरु गरिएको सैन्य अभ्यास अन्त्य भएको एक दिनपछि चीनले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा थप सैन्य अभ्यासको घोषणा गरेको हो।

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले यो अभ्यासलाई जारी राख्ने भएको छ ।

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ ।

अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यो अभ्यासलाई अनुचित व्यवहारको रूपमा व्याख्या गरेको छ ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मानेको छ । ‘एक चीन नीति’ अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन ।

गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ। चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्धको ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको यति ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ ।

चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.