Advertisement

नेप्से १८ अंकले घट्यो, २ अर्ब ८५ करोडको कारोबार

0 123

Advertisement

२३ साउन, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उताचढावका बीच बजार परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से १७.६७ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर २१०६.१६ अंकमा बन्द भएको छ ।

गत साता आइतबार र सोमबार बढेर मंगलबारदेखि शुक्रबारसम्म नै घटेको नेप्से यो आइतबार १० अंकले बढेको थियो । तर, सोमबार पुनः नेप्से आरालो लागेको छ ।

गत साता सरकारले ४ मंसिरमा संघीय र प्रदेशसभाको चुनाव घोषणा गर्नुको साथै बजारलाई लिड गर्ने वाणिज्य बैंक तथा विकास बैंकहरुको सुधारोन्मुख वित्तीय विवरणले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।

सोमबार उत्पादनमुलक र सामूहिक लगानी कोष बाहेक सबै उपसूचक घटेको छ । अन्य उपसूचक २.४२ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.३९ प्रतिशत र बैंकिङ उपसूचक पनि ०.४४ प्रतिशतले घटेको छ ।

नेप्सेमा गिरावट भएपनि करोबार रकम भने केही बढेको छ । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार ६५ लाख २७ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७१ लाख हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २० करोड ७२ लाखको कारोबार हुँदा नबिल बैंकको १० करोड ८५ लाखको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८१ कम्पनीको सेयर कारोबार भएकोमा १२३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ५० कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये गुँरास लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै युनिलिभर नेपालको सेयरमूल्य पनि ५.५९ प्रतिशतले बढेर १९००० पुगेको छ ।

यता जानकी फाइनान्सको सेयरमूल्य ४.३१ प्रतिशतले गिरावट हुँदा सिनर्जी पवारको ३.५५ प्रतिशतले घटेको छ । एनआईसी एशिया सेलेक्ट फण्ड ६० को इकाइ मूल्य पनि ३.८४ प्रतिशतले घटेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.