Advertisement

करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, ४ जना पक्राउ

0 103

Advertisement

२३ साउन, काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी-४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो ।

उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ ।

​विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।

सुशान्त र सिर्जनालाई विर्त सिंहले खैरो हेरोइन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरूमाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.