Advertisement

मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

0 204

Advertisement

२३ साउन, काठमाडौँ । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् ।

यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा गरिएको थियो। १४ जना प्रतियोगीहरू अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागी भएका थिए ।

पहिलो चरणमा १४ जना प्रतियोगीहरू परिचयात्मक प्रस्तुतिपछि दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्येबाट अन्तिम चरणमा ५ जना छानेर मिस नेपाल नर्थ अमेरिका २०२२ का विजेता, प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

१४ जना प्रतियोगीहरूमा आन्या थापा कोलोराडो, विष्णु मिश्रा ओहायो, दिया पन्त पेनसेलभेनिया, मिङ्ग्मा शेर्पा न्युयोर्क, राजीना कार्की न्यू मेक्सिको, रिया बराल क्यान्सस, सारा कार्की टेक्सस, सरोज तामाङ्ग मिसिगन, शिला बस्नेत सान फ्रान्सिस्को, शिभालिका भण्डारी टेक्सस, प्रतियुषा बोहरा टेक्सस, स्वस्तिका लयालु टेक्सस ,छिरिङ शेर्पा न्यूयोर्क तथा जानकी राई न्यूयोर्क रहेका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर रहेकी थिइन् भने निशा पाठक तथा साहना बज्राचार्यद्वय कार्यक्रम प्रस्तोता रहेका थिए । मिस नेपाल नर्थ अमेरिका २०२२ मा नेपाल सुन्दरी प्रियङ्का रानी जोशीको पनि उपस्थिति रहेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.