Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

0 8

२१ साउन, काठमाडाैँ । प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलियाको सिड्नीमा आयोजित एनुअल चिफ्स अफ डिफेन्स कन्फरेन्समा सहभागी भएर स्वदेश फर्किएका छन् । साउन ९ गतेदेखि ११ सम्म सो कार्यक्रम आयोजना भएको थियो ।

नौदिन अष्ट्रेलिया मै रहने गरी घर बिदा स्वीकृत भए अनुसार उनी बिदा पश्चात् फिर्ता भएका हुन् । शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

उक्त कन्फरेन्समा प्रधान सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए ।

यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.