Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी

0 36

२१ साउन, सुर्खेत । सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् ।

प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत, छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ भने केशर बस्नेतकै ४ वर्षकी छोरी जोशना बस्नेतको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

आइतबार साँझ नै बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानी बस्ने भूप बहादुर वलीको परिवारले जङ्गली च्याउ खाएर बिरामी भएका उनको परिवारका पाँच जनाकै जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । उनीहरूलाई सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेतमा उपचार रिफर गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.