Advertisement

प्रकृतिले नै अवसर दिएको छ, युवाहरू निराश नहुनुहोस् :  खेलकुद मन्त्री

0 100

Advertisement

२१ साउन, काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन पनि पटकपटक आग्रह गरे ।

उनले भने, ‘अब संघ र प्रदेशको निर्वाचनको मिति तय भइसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरू हाम्रो बीचमा आउनेछन् । उनीहरूले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरू, गरिबिका समस्याहरू, अभाव र अनिकालका समस्याहरूलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ । र, यसलाई लिएर जान्छौँ ।

विकसित देशहरू कसरी विकसित भन्दाखेरि जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ । हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ । हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो । पर्यटकीय हिसाबले हेर्‍यौँ भने । अर्कोतर्फ ठूला उद्योगधन्दा,कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन । त्यसैले युवाहरू निराश हुनुपर्दैन ।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्ने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढ्ने आश्वासन समेत दिनु भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.