Advertisement

इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण

0 119

Advertisement

२१ साउन, एजेन्सी । वर्षौंदेखि इजरायलले घेराबन्दीमा रहेको गाजा पट्टीमा शुक्रबार इजरायली युद्धविमानले आक्रमण गर्दा इस्लामिक जिहाद समूहका कमाण्डर र एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इस्लामिक जिहादको सैन्य शाखा अल–कुद्स ब्रिगेडका कमाण्डर तैसिर अल–जबारी गाजा शहरको मध्यभागमा रहेको प्यालेस्टाइन टावरको एउटा अपार्टमेन्टमा मारिएका थिए । सो टावरमा इजरायली युद्धविमानले आक्रमण गरेको समूहले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अल–जबारी र पाँच वर्षीया एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा कम्तीमा ५५ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको मन्त्रालयले बताएको छ ।

पाँच वर्षीया बालिका अला कद्दौम आफ्नो बुबासँगै सामान किन्न मोटरसाइकल चढेर बजार जाँदै थिइन् । उनी सवार मोटरसाइकलमा मिसाइल प्रहार भएको थियो । उनकी आम अहिले पति र छोरीको मृत्युपछि बेहोस रहेको अस्पताल स्रोतले बताएको छ ।

प्यालेष्टाईन भवनको सातौँ तलाबाट धुवाँ निस्किरहेकै समयमा सिभिल डिफेन्स टोलीले घटनास्थलमा फसेका मानिसहरूलाई बाहिर निकालिरहेका देखिन्थे । उनीहरूले आक्रमणका कारण लागेको आगो पनि निभाए ।

शुक्रबार गाजाभर धेरै वटा विस्फोटहरू सुनिएको थियो । इजरायली ड्रोनहरूले शरको आकाशमा चक्कर लगाएको सुनिएको थियो ।

आक्रमणको प्रतिक्रियामा गाजाबाट हमासले पनि इजरायलतर्फ रकेट प्रहार गरेको थियो । जसमध्ये धेरैलाई इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ प्रणालीले आकाशमै नष्ट गरेको थियो ।

पछिल्लो आक्रमण नियन्त्रित वेस्ट बैंकको जेनिनबाट प्यालेस्टाइनी नेता बसम अल–सादीलाई गिरफ्तार गरेपछि इस्लामिक जिहाद र इजरालबीच बढेको तनाबपछि सुरु भएको हो ।

गाजा क्षेत्रमा शासन गरिरहेको हमास समूहका एक वरिष्ठ अधिकारी गाजी हमादले ‘पछिल्लो आक्रमण एक क्रुर अपराध र गाजा क्षेत्रका बासिन्दाविरुद्धको नरसंहार’को संज्ञा दिए । हमासले इजरायलको पछिल्लो आक्रमणको कुनै तर्कसंगत कारण नभएको बताए ।

गाजामा शासन गर्ने हमासबीच विगत १५ वर्षमा चारवटा युद्ध भइसकेका छन् भने धेरै साना झडपहरूमा संलग्न छन् ।

इजरायलले यस हप्ताको सुरुदेखि नै गाजा वरपरका सडकहरू बन्द गरेर सीमानामा आउजाउ कडाइ गरेको थियो । ती कदमबाट उसले कुनै कारबाहीको सङ्केत गरिसकेको थियो ।

इस्लामिक जिहादका एक अधिकारी अहमद मुदलालले समूहले इजिप्टका मध्यस्थकर्ताहरू मार्फत इजरायलको हिरासतमा रहेका नेता अल–सादी र अर्का एक कैदीको रिहाइ, वेस्ट बैंक आक्रमणहरू रोक्नुपर्ने र गाजामाथिको वर्षौंदेखिको नाकाबन्दी हटाउनेलगायतका मागहरू राखेको बताए । तर इजरायले त्यसको कुनै प्रतिक्रिया नदिएको पनि उनले बताएका थिए । अमेरिकाले शुक्रबार नै इजरायलको घातक हवाई हमलाको प्रतिरक्षा गर्दै वक्तव्य निकालेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.