Advertisement

संविधानको रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

0 81

Advertisement

२१ साउन, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उहाँले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको बिकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो “सरकार पनि गठन्धनको छ । गठवन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।”

तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उहाँको दावी छ । तालमलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उहाँले थप्नुभयो “एमालेसंग प्रतिशपर्धा गर्नका लागि एक हुनु प-यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोही संग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उहाँको भनाई थियो ।

संबिधान र ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँमा भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताउनुभयो । यसै बिच नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताउनुभयो ।

उहाँले भन्नुभयो “टिकट बितरण देखि उम्मेदवारलाई बिजयी गाउने सम्मको रोडम्याप अहिले देखिनै बनाउँनु पर्छ ।”देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उहाँको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताउनुभयो । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उहाँले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.