Advertisement

भारतमा ३४८ मोबाइल एप ब्लक

0 193

Advertisement

१९ साउन, काठमाडौं । भारत सरकारले चीनसहित विभिन्न देशद्वारा विकस गरिएको ३४८ मोबाइल एप ब्लक गरेको छ। यी एपले भारतीय नागरिकको डाटा चोरी गरेको र विदेशमा डाटा पठाइएको आरोपमा ब्लक गरिएको जागारणले उल्लेख गरेको छ।

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राजयमन्त्री राजीव चन्द्रशेखरले लोकसभामा बीजेपीका रोडमल नगरको प्रश्नको जवाफमा यो ३४८ मोबाइल एप ब्लक गरिएको बताएका हुन्।

चन्द्रशेखरका अनुसार यी ३४८ मोबाइल एपले प्रयोगकर्ताको सूचना संकलन गरी अनाधिकृत रुपमा प्रोफाइलिङका लागि भारतबाहिरका सर्भरमा पठाउने गरेका थिए।

गृह मन्त्रालयको अनुरोधको आधारमा इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ती ३४८ मोबाइल एप ब्लक गरेको हो। त्यस्ता डाटाले भारतको सार्वभौमसत्ता र अखण्डता, भारतको रक्षा र राज्य सुरक्षा उल्लघंन गरेको बताइएको छ।

यी ब्लक गरिएका एपहरु चीनको हो भनेर सोधिएको प्रश्नमा चन्द्रशेखरले चीनलगायत विभिन्न देशको भएको बताएका छन्।

यो विषय दक्षिण कोरियाली गेमिङ जायन्ट क्राप्टनले प्ले स्टोरबाट लोकप्रिय ब्याटल रोयल गेम, ब्याटलग्राउन्ड मोबाइल इन्डिया (बीजीएमआई) हटाएको केही दिन पछि आएको हो। सरकारबाट एप बन्द गर्न निर्देशन प्राप्त भएकाले उक्त निर्णय गरिएको गुगलले जानकारी दिएको छ।

डाटा सुरक्षामा खतरा भएको भन्दै भारतले सेप्टेम्बर २०२० मा क्राप्टनको पब्जी लगायत ११७ चिनियाँ एप माथि प्रतिबन्ध लगाएको थियो।
यस अघि फेब्रुअरी १४ मा फी फायर माथि प्रतिबन्ध लगाइएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.