सुनको मूल्य शुक्रबार पनि तोलामा ८ सय रुपैयाँ बढ्यो
१३ साउन, काठमाडाैँ । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बिहीबार पनि सुनको मूल्य तोलमा ८ सय रुपैयाँले वृद्धि भएको थियो।
शुक्रबार नेपाल बजारमा छापावाल सुनको भाउ ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ। बिहीबार ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।