Advertisement

नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न महानगरको निर्देशन, अटेर गरे कारबाही

0 100

Advertisement

११ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नक्सा पास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न निर्देशन दिँदै ३५ दिने सूचना निकालेको छ । निर्देशन अटेर गर्ने घरधनीलाई कारबाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ।

गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सा पास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ ।

ठमेलमा केही नाइट क्लबहरु स्वीकृतिविनै अन्डरग्राउन्डमा सञ्चालन भइरहेको बुझिएको छ । महानगरपालिकाले साउनको पहिलो साता गोरखापत्र, कान्तिपुरलगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचना निकालेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निर्देशन नमान्ने घरधनीलाई नियमानुसार कारबाही गरिने बताए ।

नक्सा स्वीकृत भएअनुसार काम भए काठमाडौँ महानगरपालिकामा ट्राफिक व्यवस्थापनको समस्या धेरै हदसम्म समाधान हुने काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रमुख मिरा चौधरीले बताइन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.