Advertisement

४० लागिन् प्रियंका चोपडा

0 321

Advertisement

०३ असार, एजेन्सी । चर्चित अभिनेत्री प्रियंका चोपडाले सोमबार ४०औं जन्मदिन मनाईन्। १८ जुलाई १९८२ मा उनको जन्म बिहारको जमशेदपुरमा भएको थियो। उनका बुवाआमा सैनिक चिकित्सक थिए। बुवाआमाको व्यावसायिक करिअरमाझ उनको बाल्यकाल विभिन्न सहरमा बित्यो।

१३ वर्षको हुँदा अभिभावकले उनलाई अध्ययनको लागि अमेरिका पठाए। यस दौरान उनले काकीको घरमा रहेर अध्ययन पूरा गरिन्। अमेरिकामा रहँदा आफूले नश्लीय भेदभावको अनुभव व्यहोरेको उनले हालै एक अन्तर्वार्तामा खुलाएकी छन्।

यसपछि उनले मिस इण्डियाको उपाधि जितिन्। सोही वर्ष उनी मिस वर्ल्ड पनि घोषित भइन्। तमिल फिल्म ‘थमिजन’बाट उनले अभिनय करिअरको थालनी गरेकी थिइन्। यस लगत्तै उनको पहिलो बलिउड फिल्म ‘द हिरो लभस्टोरी अफ दी स्पाइ’ रिलिज भयो। प्रियंका चोपडा अहिले बलिउड मात्र हैन, हलिउडमा समेत स्थापित नाम बनिसकेको छ।

प्रियंकालाई उनको योगदानको लागि २०१६ मा भारत सरकारद्वारा पद्मश्री सम्मानित गरिएको थियो। यस बाहेक उनले चलचित्र फेसनमा उत्कृष्ट अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्डबाट सम्मानित भइन्। उनले ५ फिल्मफेयर अवार्ड र २ पिपुल्स च्वाइस अवार्ड जितेका छन्। प्रियंका पिपुल्स च्वाइस अवार्डबाट सम्मानित हुने पहिलो दक्षिण एसियाली महिला हुन्।

आफ्नो २० वर्षको अभिनय करिअरमा उनले ६७ फिल्ममा अभिनय गरेकी छन्। प्रियंकाले आफूलाई अभिनेत्री, निर्मात्री, गायिका र व्यवसायीको रुपमा प्रमाणित गरिसकेकी छन्।

प्रियंका हलिउड गायक निक जोनससँगको विवाहलाई लिएर निकै चर्चामा थिइन्। निक उनीभन्दा १० वर्ष कान्छा छन्। यो जोडीले निकै धुमधामका साथ विवाह गरेका थिए। यसअघि प्रियंकाको नाम शाहरुख खान, शाहिद कपुर जस्ता स्टारसँग पनि जोडिएको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.